दफा २३०
अंशबण्डा नभएसम्म सम्पत्ति वा आयस्ता रोक्का राख्न सक्ने

अंश मुद्दामा नालिस गर्नेले अंश पाउने देखिएमा सम्पत्तिको फाँटबारी पेश भैसकेपछि आफ्नो अंश भागमा पर्ने हद सम्मकोसम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता रोक्का गरी पाउँ भनी अदालतमा निवेदन दिएमा अदालतले निजले पाउने अंश भाग जतिकोसम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता कानूनको रीत पुऱ्याई अंशबण्डा नभएसम्मको लागि रोक्का राख्न सक्नेछ ।